रसुवागढी नाकामा उच्च सर्तकता, बाह्य व्यक्तिलाई प्रवेश निषेध
नुवाकोट । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सर्तकता अपनाउन शुरु गरिएको छ ।
व्यापार सहजताका लागि नेपालले अधिकतम् सुरक्षा अपनाउनु पर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि रसुवागढीमा बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयहरुले जनाएका छन् । रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।
खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको भन्सारका कार्यालय प्रमुख रेग्मीले बताए । कोभिड सुरक्षा सर्तकताका लागि चिनियाँ पक्षले निकै चासो दिएको पनि उनले बताए ।
‘नेपालमा संक्रमण बढेपछि चिनियाँहरुले निकै चासो देखाएका छन् । बोर्डरमा रहेका सबै जनशक्तिले खोप लगाएका छन् भने पीपीई, स्यानिटाइज र ज्वारो नापेर मात्र काममा खटिने गरेका छन्,’ भन्सार प्रमुख रेग्मीले थपे, ‘बोर्डर प्वाइन्टभन्दा डेढ किलोमिटर पर नै प्रहरीले नयाँ मानिसलाई प्रवेश रोकेको छ । नाकासम्म कोभिडको असर पर्न नदिन हामी सचेत छौं ।’
सरकारले तोकेको पूर्ण स्वास्थ्य मापदण्डको बोर्डरमा अधिकतम पालना गरेको पनि उनले बताए । कुनै पनि हालतमा नाकाको व्यापार कोभिडका कारण प्रभावित नहोस् भन्नेमा भन्सार प्रशासन सचेत रहेको रेग्मीले बताए । पछिल्लो समय नाका भएर आउने कन्टेनरको संख्या पनि बढेको उनले बताए । पहिले दैनिक पाँच सात वटा मात्रै कन्टेनर नेपाल भित्रिने गरेकोमा त्यो संख्या अहिले दैनिक ८ वटासम्म पुगेको उनले बताए । नाकाबाट स्याउ, लसुन, ओखर, जलविद्युत परियोजनाका सामानहरु आयात भइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया