ल्होसारका कारण रसुवागढी नाकाबाट आयात ठप्प

विदुर खबर २०७७ फागुन २ गते ८:२६

रसुवा । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपालतर्फ हुने आयात ठप्प भएको छ ।

Advertisement

एकतर्फी नाका संचालनमा ल्याएको चिनले बिहिबारदेखि सामान नल्याउदा नेपालतर्फ हुने आयात ठप्प भएको हो ।केरुङमा रहेका कामदार ल्होसार मनाउन घर गएको हुदाँ नेपाल तर्फ हुने आयात बिहिबारदेखि रोकिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मिले बताए । बुधबारसम्म चिनिया दैनिक ५ गाडि सामान आयात भइरहेको थियो, बिहिबारदेखि आउन छोड्यो, उनले भने, चिनिया सरकारी कार्यालयहरु खुल्ला रहेको जानकारी छ, तर केरुङमा काम गर्ने कामदार ल्होसार मनाउन घर गएकाले उनीहरु नफर्केसम्म सामान नेपाल आयात नहुने भन्ने आएको छ,

करिब १० दिन नेपालतर्फ सामान आयात नहुने समेत उनको भनाई रहेको छ । उनले भने, कामदार करिब १० दिनपछि मात्र फर्कने भनेको हुदाँ त्यसदिनसम्म आयात नहुने भन्ने आएको छ, ।

Advertisement

चिनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी नियमित संचालनमा नआएको एक बर्ष भयो । गएको जेठ २२ गतेदेखि एकतर्फी नाका संचालन गरेको चिनले कोरोनाको कारण देखाउदै सहज रुपमा नियमित संचालन गरेको छैन् । सिमास्तरका दुईदेशका अधिकारी बिच सामान आयात बढाउने सहमती भएपनि सुरुदेखिको कोटा प्रणाली नै कायम रहेको छ । गएको भदौ २४ मा दुई देशका सिमाका अधिकारी बिच भएको बैठकमा चिनिया पक्षले दुई सिफ्टमा १६ घण्टा काम गर्ने भनेको थियो ।

एक सिप्mटमा ८ वटा आफनो गाडिमा नेपालतर्फ सामान ल्याइदिने र नेपालतर्फ व्यवस्थापन गर्न अनुरोध गरेको र सबै व्यवस्थापनको काम तत्काल सम्पन्न गरे चिनिया पक्षले हालसम्म भने कार्यान्वयन भएको छैन् ।

Advertisement

पछिल्लो एक बर्ष यता कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तराष्ट्रिय व्यापार प्रभावित बनेको छ । चिनले एकतर्फी नाका संचालन गरेको छ । चिनले अहिले दैनिक आफनो ५ वटा गाडिमा नेपाली भुभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडिमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चिनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शुन्य छ ।

प्रतिक्रिया