ईनारपाटी कृषि सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न
बट्टार । विदुर नगरपालिका वडा नम्बर ६ मा रहेको श्री ईनारपाटी कृषि सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कोरोना भाइरसको महामारीको कारण सहकारीले सामाजिक दुरी कायम साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दे सहकारीका अध्यक्ष भरत सडौलाले कोरोना भाइरसको कारण सहकारीले लक्ष्य अनुसारको कारोवार गर्न नसकेको बताए । उनले आगामी वर्ष सहकारीले लक्ष्य अनुसारको कारोवार गर्ने विश्वास व्यक्त गरे ।
यस्तै सहकारीका कोषाध्यक्ष टंक केसीले आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७७÷७८ को अनुमानित बजेट विवरण प्रस्तुत गर्दे आर्थिक वर्ष २०७६÷७७ सम्म सहकारीले २१ लाख ९४ हजार ९ सय ३३ रुपैयाँ कर्जा लगानी गरेको बताए । यस्तै सहकारीले आर्थिक वर्ष २०७६÷७७ सम्ममा १३ लाख ३ हजार २ सय ७६ रुपैयाँ नाफा कमाएको सहकारीका कोषाध्यक्ष केशीले जानकारी दिए । सहकारीले आर्थिक वर्ष २०७६÷७७ सम्ममा ३ लाख ७९ हजार ८ सय ४० रुपैया नोक्सान बेहोरेको कोषाध्य केसीले बताए ।
विदुर नगरपालिका वडा नम्बर ६ को एकमात्र सहकारीको रुपमा रहेको श्री ईनारपाटी सहकारीको अहिले ८६ जना महिला तथा एकसय जना पुरुष गरि एकसय ८६ जना शेयरसदस्य रहेका छन् । सहकारीको चुत्ता पूजी हाल २१ लाख ४३ हजार ६ सय रहेको सहकारीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया