रसुवागढी हुँदै आउने पर्यटकको संख्या घट्यो
रसुवा । रसुवागढी नाकाबाट सन् २०२० मा अहिलेसम्मकै कम पर्यटक आएका छन् ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण नाकाबाट आवतजावत गर्न नपाउँदा सन् २०२० मा कम पर्यटक आएका हुन् । अध्यागमन कार्यालय रसुवाका अनुसार सन् २०२० मा पाँच सय ३२ जना पर्यटक मात्र आएका छन् । जनवरी महिनामा पाँच सय २६ र फेब्रुअरी महिनामा ६ जना मात्र पर्यटक आएका छन् । नाकाबाट दुई सय दुई जना पर्यटक चीनतर्फ गएका छन् । जनवरी महिनामा एक सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक उता गएका हुन् ।
कार्यालय प्रमुख एकनारायण भण्डारीका अनुसार माघ महिनामा ल्होसार पर्व परेको र त्यसको केही समयपछि कोरोना भाइरस देखिएपछि नाकाबाट पर्यटक आउने तथा जाने क्रम रोकिएको हो । फेब्रुअरीपछि पर्यटकको आवागमन पूर्ण रोकिएको उहाँले बताउनुभयो ।
सन् २०१९ मा नाका सञ्चालन भएयताकै सबैभन्दा बढी पर्यटक आएका थिए । सन् २०१९ मा नाकाबाट ३१ हजार एक सय ३५ पर्यटक नेपाल भित्रिएका थिए । रसुवागढी नाका सन् २०१५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाण्डौ, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । २०१५ मा चिनियाँ पर्यटकमात्र आएका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको कार्यालयले जनाएको छ ।
सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार चार सय ७८, सन् २०१८ मा २९ हजार एक सय ५४ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ । सन् २०१५ अप्रिलदेखि नाकाबाट पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना दुई सय ९१ पर्यटक आएका थिए । पछिल्लो समय स्थलमार्ग प्रयोग गरेर आउने पर्यटक बढी थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया