नुवाकोटबाट वडासदस्यका श्रीमानसहित ४ जुवाडे पक्राउ
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ का महिला वडासदस्य श्रीमान तास खेलीरहेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन् ।
विहिबार दिउँसो ३ बजेतिर पिपलटार स्थित वडा नम्बर ५ का वडासदस्य पातली न्यौपानेको घरमा जुवातास खेली रहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वडा सदस्य न्यौपानेका श्रीमान गोबिन्द्र प्रसाद न्यौपाने, ध्रुव ढकाल, मनिराज गजुरेल, कान्छा चित्रकार र भवनाथ भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुसँगै जुवाको खालबाट १२ हजार ५ सय रुपैया समेत वरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पिपलटारमा तास खेलिरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडासदस्य न्यौपानेको घरमा खानतलासी गर्दा ५ जना तास खेलीरहेको अवस्थामा रङ्गेहात पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याई आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको नुवाकोट प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया