नुवाकोटबाट वडासदस्यका श्रीमानसहित ४ जुवाडे पक्राउ

विदुर खबर २०७७ कार्तिक १३ गते २०:३७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ का महिला वडासदस्य श्रीमान तास खेलीरहेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन् ।

Advertisement

विहिबार दिउँसो ३ बजेतिर पिपलटार स्थित वडा नम्बर ५ का वडासदस्य पातली न्यौपानेको घरमा जुवातास खेली रहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वडा सदस्य न्यौपानेका श्रीमान गोबिन्द्र प्रसाद न्यौपाने, ध्रुव ढकाल, मनिराज गजुरेल, कान्छा चित्रकार र भवनाथ भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुसँगै जुवाको खालबाट १२ हजार ५ सय रुपैया समेत वरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पिपलटारमा तास खेलिरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडासदस्य न्यौपानेको घरमा खानतलासी गर्दा ५ जना तास खेलीरहेको अवस्थामा रङ्गेहात पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याई आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको नुवाकोट प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया