लोकप्रिय उपभोत्ता सहकारी र प्रशासनको सहयोगमा गमलामा फुल

विदुर खबर २०७७ कार्तिक १३ गते १९:२१

नुवाकोट । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्नो मुहार फेर्दै गएको छ ।

Advertisement

यसैक्रममा विहिबार जिल्ला प्रशासन कार्यालय नुवाकोट र विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडको सहकार्यमा प्रशासन कार्यालय परिषरमा फुलसहितको गमला राखिएको छ ।

लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सिडियोसँग छलफल गरि फुलसहितको गमला राखिएको सहकारीका सल्लाहकार लिलानाथ न्यौपानेले जानकारी दिए ।

Advertisement

सहकारी ५३ हजार ७ सय रुपैयाँ बरावरको फुलसहितको गमला प्रदान गरेको सहकारीका अध्यक्ष केशववहादुर कुमालले जानकारी दिए । यसअघि पनि सहकारीले विभिन्न संघसंस्थालाई सहयोग गरिसकेको छ ।

प्रतिक्रिया