नुवाकोटका दशजना कोरोना संक्रमित निको भएर घर फर्किए
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्याल्इ नुवाकोटका अनुसार निको भएर घर फर्कनेमा विदुर नगरपालिकाका ७ पुरुषसहित ८ जना, बेलेकोटगढी नगरपालिकामा एक महिला र किस्पाङ गाउँपालिकाका एक पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एकसय ४७ पुगेको छ जसमध्ये एकसय ११ जना पुरुष र ३६ जना महिला रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका २ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ । जसमा विदुर नगरपालिकाका ६७ वर्षिय र बेलकोटगढी नगरपालिकाका २५ वर्षिय युवालाई कोरोना संक्रमण देखिएको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय १० पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणको कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ । यस्तै नुवाकोटमा हालसम्म ५ हजार ७ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया