नुवाकोटका दशजना कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ कार्तिक ४ गते १७:४०

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्याल्इ नुवाकोटका अनुसार निको भएर घर फर्कनेमा विदुर नगरपालिकाका ७ पुरुषसहित ८ जना, बेलेकोटगढी नगरपालिकामा एक महिला र किस्पाङ गाउँपालिकाका एक पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एकसय ४७ पुगेको छ जसमध्ये एकसय ११ जना पुरुष र ३६ जना महिला रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका २ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ । जसमा विदुर नगरपालिकाका ६७ वर्षिय र बेलकोटगढी नगरपालिकाका २५ वर्षिय युवालाई कोरोना संक्रमण देखिएको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय १० पुगेको छ ।

Advertisement

त्यस्तै कोरोना संक्रमणको कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ । यस्तै नुवाकोटमा हालसम्म ५ हजार ७ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया