नुवाकोटमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि
नुवाकोट । नुवाकोटमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा एक्रदिन जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये विदुर नगरपालिकाका २ महिला र ५ पुरुष तथा तारकेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला रहेका छन् ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिकाका ३० र ६५ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै विदुर नगरपालिकाकै २०, २४, २८,३० र ३६ वर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । यस्तै तारकेश्वर गाउँपालिकाका २७ वर्षिय पुरुष र ४० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ४१ पुगेको छ । जसमध्ये एकसय ८ पुरुष र ३३ महिला रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका दुई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा विदुर नगरपालिकाका ३३ वर्षिय पुरुष र पन्चकन्या गाउँपालिकाका २७ वर्षिय महिला कोेरोनामुत्त भएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर जानेहरुको संख्या एकसय १८ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्ला अस्पताल त्रिशुलीमा अहिले १६ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया