नुवाकोटमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७७ असोज १६ गते १५:२४

नुवाकोट । नुवाकोटमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा एक्रदिन जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये विदुर नगरपालिकाका २ महिला र ५ पुरुष तथा तारकेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला रहेका छन् ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिकाका ३० र ६५ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै विदुर नगरपालिकाकै २०, २४, २८,३० र ३६ वर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । यस्तै तारकेश्वर गाउँपालिकाका २७ वर्षिय पुरुष र ४० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ४१ पुगेको छ । जसमध्ये एकसय ८ पुरुष र ३३ महिला रहेका छन् ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका दुई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा विदुर नगरपालिकाका ३३ वर्षिय पुरुष र पन्चकन्या गाउँपालिकाका २७ वर्षिय महिला कोेरोनामुत्त भएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर जानेहरुको संख्या एकसय १८ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्ला अस्पताल त्रिशुलीमा अहिले १६ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया