नुवाकोटमा पक्राउ परेका चन्द समूहका २ कार्यकर्ता छुटे
विदुर खबर
२०७७ भदौ २६ गते १८:२७
नुवाकोट । डोजरमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई साधारण तारेखमा रिहा गरिएको छ ।
रिहा हुनेमा बेलकोटगढी नगरपालिका १३ स्थानीय रामराजा पाण्डे र वडा ३ का चन्द्रबहादुर तामाङ छन् । नुवाकोट अदालतका श्रेस्तेदार ठाकुर त्रितालले उनीहरुलाई साधारण तारेखमा छाडेको जानकारी दिए । उनीहरुमाथि भदौ ७ गते बेलकोटगढी नगरपालिका १३ बाराहीस्थित सडक किनारमा रहेको बा २ क २२६० नम्बारको जेसीबी मेसिनमा आगजनी गरेको आरोप लागेको छ ।
उनीहरुलाई भदौ ७ गते बिहान नेकपा चन्द समूहको पर्चासहित मेसिन आगजनी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका पाण्डे र तामाङमाथि नुवाकोट जिल्ला अदालतमा आगजनी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया