नुवाकोटमा पक्राउ परेका चन्द समूहका २ कार्यकर्ता छुटे
विदुर खबर
२०७७ भदौ २६ गते १८:२७
नुवाकोट । डोजरमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई साधारण तारेखमा रिहा गरिएको छ ।
रिहा हुनेमा बेलकोटगढी नगरपालिका १३ स्थानीय रामराजा पाण्डे र वडा ३ का चन्द्रबहादुर तामाङ छन् । नुवाकोट अदालतका श्रेस्तेदार ठाकुर त्रितालले उनीहरुलाई साधारण तारेखमा छाडेको जानकारी दिए । उनीहरुमाथि भदौ ७ गते बेलकोटगढी नगरपालिका १३ बाराहीस्थित सडक किनारमा रहेको बा २ क २२६० नम्बारको जेसीबी मेसिनमा आगजनी गरेको आरोप लागेको छ ।
उनीहरुलाई भदौ ७ गते बिहान नेकपा चन्द समूहको पर्चासहित मेसिन आगजनी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका पाण्डे र तामाङमाथि नुवाकोट जिल्ला अदालतमा आगजनी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले





प्रतिक्रिया