नुवाकोटमा पक्राउ परेका चन्द समूहका २ कार्यकर्ता छुटे

विदुर खबर २०७७ भदौ २६ गते १८:२७

नुवाकोट । डोजरमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई साधारण तारेखमा रिहा गरिएको छ ।

Advertisement

रिहा हुनेमा बेलकोटगढी नगरपालिका १३ स्थानीय रामराजा पाण्डे र वडा ३ का चन्द्रबहादुर तामाङ छन् । नुवाकोट अदालतका श्रेस्तेदार ठाकुर त्रितालले उनीहरुलाई साधारण तारेखमा छाडेको जानकारी दिए । उनीहरुमाथि भदौ ७ गते बेलकोटगढी नगरपालिका १३ बाराहीस्थित सडक किनारमा रहेको बा २ क २२६० नम्बारको जेसीबी मेसिनमा आगजनी गरेको आरोप लागेको छ ।

उनीहरुलाई भदौ ७ गते बिहान नेकपा चन्द समूहको पर्चासहित मेसिन आगजनी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका पाण्डे र तामाङमाथि नुवाकोट जिल्ला अदालतमा आगजनी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

Advertisement

प्रतिक्रिया