नुवाकोटको अबैध उत्खनन् प्रकरणः अदालतको आदेश सबैले मान्नुपर्ने नेताहरूको निष्कर्ष
नुवाकोट । नुवाकोटका अबैध रूपमा चलिरहेका क्रसरको विषयले यतिखेर चर्चा पाइरहेको छ । विगतमा कुनै आकर्षक जिल्ला नमानिने नुवाकोटमा पछिल्ला वर्षहरूमा बालुवा र गिटी तस्करी गर्ने समूहले राजनीतिक संरक्षणमा जिल्लामा हुने विभिन्न सरूवामा समेत भूमिका निर्वाह गर्न थालेपछि नुवाकोट आकर्षक जिल्ला बनेको छ ।
कतिसम्म भने नुवाकोटको खोला कब्जा गरेर क्रसर चलाउने व्यापारीहरूले नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरूवा गराउने हैसित बनाइसकेका छन । क्रसरमा लगानी गरेका राजनीतिक डनहरूले सम्मानित सर्वोच्च अदालतको आदेश समेत लत्याइरहेका छन ।
सर्वोच्च अदालतको आदेश विपरित नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्ड स्टोन क्रसरले जनप्रतिनिधिको संलग्नतामा अबैध उत्खनन् जारी राखेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय लगायतमा उजुरी दिएपछि राजनीतिक दलहरूले पनि चासो प्रकट गरेका छन ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले दैनिकीसँग कुरा गर्दै कानुन भन्दा माथि कोही नहुने भन्दै उद्योगी व्यवसायीका लागि उद्योग गर्ने वातावरण तयार गरिदिनुपर्ने र उनीहरूले पनि नियम भित्र रहेर काम गर्नुपर्ने बताए । अदालको आदेशपछि पनि एक दुइ उद्योग चल्ने र धेरै उद्योग बन्द हुनुले राम्रो सन्देश नजाने बताए । नेपाली कांग्रेस कानुन विपरित हुने कुनै पनि काममा साथ रहन नसक्ने भन्दै को कस्को संलग्नता छ भन्ने विषय आफूलाइ चासो नरहेको बताए । उनले विधि अनुसार सबै उद्योग चल्न दिनुपर्ने र अदालतको आदेशले रोकिएको हो भने त्यस्तो अवस्थामा चोरबाटो प्रयोग गरेर गतिबिधि गर्न नहुने स्पष्ट पारे ।
यस्तै गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद समेत रहेका युवा नेता बद्री मैनालीले व्यक्ति हेरेर भन्दा पनि प्रवृति हेरेर धारणा बनाउनुपर्ने बताए । उनले नुवाकोटमा गैरकानुनी ढंगले चलिरहेका क्रसरहरूको बारेमा केही कुराहरू सुनिएको भन्दै यतातर्फ प्रशासन र प्रहरीले ध्यान दिनुपर्ने बताए । नेकपा कुनै पनि किसिमको व्यापारको बिरोधमा नरहेको भन्दै कानुन सबैका लागि समान हुनुपर्छ भन्नेमा दृढ रहेको बताए । सांसद मैनालीले अदालत भन्दा माथि कोही नहुने भन्दै अदालतको आदेशहरू सबैले मान्नुपर्ने बताए । उनले कानुनी सर्वोच्चतामा बिधि र पद्धति स्थापित गर्न प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
यसअघि नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अबैध रूपमा सञ्चालनमा रहेका जिल्लाका सबै क्रसर बन्द हुने बताएका छन । प्रमुख जिल्ला अधिकारी ढकालले वर्ड स्टोनको उजुरी पनि आएको र त्यसमा अनुसन्धान भैरहेको जानकारी दिँदै अबैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर बन्द हुने जानकारी दिए ।
ढकालले भने ‘हो हाम्रोमा अबैध रूपमा वर्ड स्टोन भन्ने क्रसर चलिरहेको भनेर लिखित रूपमै उजुरी आएको छ । उक्त उजुरीमा सर्वोच्चको आदेशविपरित त्यो सञ्चालन भएको भनिएको छ । त्यससँग सम्बन्धित अदालतको आदेश समेत अध्ययन गरेर । अबैध रूपमा सञ्चालनमा रहेका अरू क्रसर उद्योग छन भने ती पनि कारबाहीको दायरामा आउँछन ।’
नुवाकोट जिल्लाको दुइ नगरपालिका बेलकोटगढी र विदुर एवं लिखु र पञ्चकन्या गाउँपालिकामा जनप्रतनिधिहरूकै सेटिङमा प्राकृितिक स्रोत र साधनको दोहन भैरहेको छ । सर्वोच्च अदालतले नुवाकोटको तादी र त्रिशुली, लिखु, कोल्पु खोला र नदी किनारमा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नहुँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । तर जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा केही क्रसरहरू सञ्चालन भैरहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया