नुवाकोटको विदुर कोरोनाको हटस्पट बन्दै
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको छ ।
पछिल्लो समय नुवाकोट विदुर नगरपालिकामा कोरोना संक्रमित दिन प्रतिदिन थपिदै गएपछि विदुर नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको हो । विदुर नगरपालिकामा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लामा ७३ जना कोरोना संक्रमित भेटिएका छन् जसमध्ये विदुर नगरपालिकाका १५ जना रहेका छन् । विदुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ७ सय १३ जनाको पिसिआर परिक्षण गर्दा १५ जनाको पिसिआर पोजेटिभ आएको छ भने ६सय ६८ जनाको नेगेटिभ र २१ जनाको रिर्पाेट आउन बाँकी रहेको बताएको छ ।
गत साल डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरमा पहिलो पटक मानिसमा देखिएको कोरोना भाइरसले अहिले नेपालको विभिन्न जिल्लामा सन्त्रासको स्थिति उत्पन्न गराइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया