नुवाकोटको विदुर कोरोनाको हटस्पट बन्दै

विदुर खबर २०७७ भदौ ४ गते १८:३६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको छ ।

Advertisement

पछिल्लो समय नुवाकोट विदुर नगरपालिकामा कोरोना संक्रमित दिन प्रतिदिन थपिदै गएपछि विदुर नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको हो । विदुर नगरपालिकामा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लामा ७३ जना कोरोना संक्रमित भेटिएका छन् जसमध्ये विदुर नगरपालिकाका १५ जना रहेका छन् । विदुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ७ सय १३ जनाको पिसिआर परिक्षण गर्दा १५ जनाको पिसिआर पोजेटिभ आएको छ भने ६सय ६८ जनाको नेगेटिभ र २१ जनाको रिर्पाेट आउन बाँकी रहेको बताएको छ ।

Advertisement

गत साल डिसेम्बरको अन्त्यतिर चीनको वुहान सहरमा पहिलो पटक मानिसमा देखिएको कोरोना भाइरसले अहिले नेपालको विभिन्न जिल्लामा सन्त्रासको स्थिति उत्पन्न गराइसकेको छ ।

प्रतिक्रिया