पहिरोले कागुेनको सिर्जनशील प्राविमा क्षति,एक दर्जन घर जोखिममा
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ को कागुेनमा रहेको सिर्जनशील माविमा क्षति पुराएको छ ।
शुक्रवार गएको पहिरोले मध्यपहाडी लोकमार्गका साथै सो विद्यालयमा क्षति पुराएको स्थानिय सुनवहादुर तामाङले जानकारी दिए । कागुनेका सुनवहादुर तामाङ,मानवहादुर र चन्द्रबहादुर खडकाको घरमा सचालित विद्यालयमा क्षति पुराएको हो ।
मध्यपहाडी लोकमार्गले गलत तबरले बाटो बिस्तार गर्दा पहिरो खसेको स्थानिय रामचन्द्र तामाङले बताए । पहिरोले सडक समेत अबरुद्ध हँुदा कल्याणपुर–कागुने भएर सामरी धादिङ जाने बाटो समेत अबरुद्ध भएको थियो । स्थानीय र मध्यपहाडी लोक मार्गका कर्मचारीहरु मिलेर आईतबार बिहान पहिरो पन्छाइ बाटो सुचारु गराइएका छन् ।
पहिरोले प्रेम बहादुर तामाङ,मानबहादुर,सुन बहादुर तामाङ, नेवाङ तामाङ,कृष्णबहादुर तामाङ,कमानसिंह तामाङ, दुर्गा नारायण श्रेष्ठ, तप्केस्वर पाण्डे, र चन्द बहादुर खडका लगाएतको अन्दाजी २५ रोपनीमा लगाएको धान खेतीमा समेत क्षति पुगेको छ ।
पहिरो नियन्त्रणका लागि स्थानियबासीले सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् । सो पहिरो बेलैमा नियन्त्रण हुन नसके अन्य बाँकी रहेको घर र पहिरो खसेको ठाँउ भन्दा ५० मिटर को दुरिमा रहेको बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया