पहिरोले कागुेनको सिर्जनशील प्राविमा क्षति,एक दर्जन घर जोखिममा

विदुर खबर २०७७ साउन १८ गते १७:०१

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ को कागुेनमा रहेको सिर्जनशील माविमा क्षति पुराएको छ ।

Advertisement

शुक्रवार गएको पहिरोले मध्यपहाडी लोकमार्गका साथै सो विद्यालयमा क्षति पुराएको स्थानिय सुनवहादुर तामाङले जानकारी दिए । कागुनेका सुनवहादुर तामाङ,मानवहादुर र चन्द्रबहादुर खडकाको घरमा सचालित विद्यालयमा क्षति पुराएको हो ।
मध्यपहाडी लोकमार्गले गलत तबरले बाटो बिस्तार गर्दा पहिरो खसेको स्थानिय रामचन्द्र तामाङले बताए । पहिरोले सडक समेत अबरुद्ध हँुदा कल्याणपुर–कागुने भएर सामरी धादिङ जाने बाटो समेत अबरुद्ध भएको थियो । स्थानीय र मध्यपहाडी लोक मार्गका कर्मचारीहरु मिलेर आईतबार बिहान पहिरो पन्छाइ बाटो सुचारु गराइएका छन् ।

पहिरोले प्रेम बहादुर तामाङ,मानबहादुर,सुन बहादुर तामाङ, नेवाङ तामाङ,कृष्णबहादुर तामाङ,कमानसिंह तामाङ, दुर्गा नारायण श्रेष्ठ, तप्केस्वर पाण्डे, र चन्द बहादुर खडका लगाएतको अन्दाजी २५ रोपनीमा लगाएको धान खेतीमा समेत क्षति पुगेको छ ।

Advertisement

पहिरो नियन्त्रणका लागि स्थानियबासीले सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् । सो पहिरो बेलैमा नियन्त्रण हुन नसके अन्य बाँकी रहेको घर र पहिरो खसेको ठाँउ भन्दा ५० मिटर को दुरिमा रहेको बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।

प्रतिक्रिया