डिजेल,पेट्रोल र मट्टीतेलको भाउ फेरि बढ्यो
विदुर खबर
२०७७ साउन १८ गते ७:५५
नुवाकोट । डिजेल,पेट्रोल र मट्टीतेलको भाउ पुन : बढेको छ। शनिबार राति १२ बजेबाट लागु हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढेको हो ।
नयाँ बिक्री मूल्य अनुसार काठमाडौं उपत्यकामा डिजेल ९० रुपैयाँ, मट्टीतेल र पेट्रोल १ सय ४ रुपैयाँ तोकिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिएका छन् । मूल्य समायाेजन पश्चात पनि निगमलाई पेट्राेलमा प्रतिलिटर एक रूपैयाँ २३ पैसा र डिजेलमा प्रति लिटर एक रूपैयाँ १५ पैसा घाटा रहेकाे निगमकाे विज्ञप्तीमा उल्लेख छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन गरिएको छैन । असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ बढाएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी
काठमाडौंको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ





प्रतिक्रिया