लकडाउन खुलेपनि नुवाकोटमा न्युन मात्रामा सवारीसाधन संचालनमा
विदुर । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि नुवाकोटमा न्यून संख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् ।
यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ ।
आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । नुवाकोटको बिभिन्न स्थानबाट सार्बजानिक सबारी सञ्चालन भएता पनी यात्रुहरुको चाप कम रहेको सबारी चालकहरुले बताएका छन् । सडकमा गुडिरहेका बस, माइक्रो लगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु चढ्ने गरेका छन् । अधिकांश सवारी साधनमा स्वास्थ्यको प्रटोकल अनुसार मापदण्ड पालना गरि सञ्चालन हुँदै आएका छन् । छोटो तथा जिल्ला भित्र सञ्चालन भएका अधिकांश सबारीसाधन चढ्ने भन्दा पैदल हिडेरै आफ्नो गन्तब्यमा पुग्ने नागरिकहरुको संख्या धेरै रहेको छ ।
सार्बजानिक सबारीमा चढ्ने नागरिकहरुको संख्यामा कमी आए पनि निजी सबारीको ओहोर दोहोर भने बाक्लिएको छ । लकडाउन पुर्ण रुपमा खोलेको घोषणसँगै निजी सबारीहरुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नअपनाउने चालक सहचालकलाई ‘होल्ड’ मा लिने समेत प्रहरीले जनाएको छ । स्वास्थ्य सावधानी नअपनाउने सवारी साधनलाई दिनभर होल्ड गराएर साँझ मात्रै छाड्ने नीति लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया