लकडाउन खुलेपनि नुवाकोटमा न्युन मात्रामा सवारीसाधन संचालनमा

विदुर खबर २०७७ साउन १० गते १७:०६

विदुर । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि नुवाकोटमा न्यून संख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् ।

Advertisement

यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ ।

आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । नुवाकोटको बिभिन्न स्थानबाट सार्बजानिक सबारी सञ्चालन भएता पनी यात्रुहरुको चाप कम रहेको सबारी चालकहरुले बताएका छन् । सडकमा गुडिरहेका बस, माइक्रो लगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु चढ्ने गरेका छन् । अधिकांश सवारी साधनमा स्वास्थ्यको प्रटोकल अनुसार मापदण्ड पालना गरि सञ्चालन हुँदै आएका छन् । छोटो तथा जिल्ला भित्र सञ्चालन भएका अधिकांश सबारीसाधन चढ्ने भन्दा पैदल हिडेरै आफ्नो गन्तब्यमा पुग्ने नागरिकहरुको संख्या धेरै रहेको छ ।

Advertisement

सार्बजानिक सबारीमा चढ्ने नागरिकहरुको संख्यामा कमी आए पनि निजी सबारीको ओहोर दोहोर भने बाक्लिएको छ । लकडाउन पुर्ण रुपमा खोलेको घोषणसँगै निजी सबारीहरुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नअपनाउने चालक सहचालकलाई ‘होल्ड’ मा लिने समेत प्रहरीले जनाएको छ । स्वास्थ्य सावधानी नअपनाउने सवारी साधनलाई दिनभर होल्ड गराएर साँझ मात्रै छाड्ने नीति लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया