नुवाकोटमा खाद्यसङ्कट हुन सक्ने
नुवाकोट । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि भइरहेको लकडाउन (बन्दाबन्दी)ले नुवाकोटमा खाद्य शृङ्खलाको चक्र रोकिएको छ ।
कृषि ज्ञान केन्द्र नुवाकोटले गरेको सर्वेक्षणअनुसार नुवाकोटमा खाद्यसङ्कट हुन सक्ने अनुमान गरेको छ । कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख सुरेन्द्रप्रसाद पोखरेलका अनुसार भाइरसको सङ्क्रमणले उत्पादक र उपभोक्ताबीचको दूरी बढाएको छ ।भाइरसको कारण विश्व लकडाउनमा रहेका कारण उत्पादक किसानमा प्रत्यक्ष असर परेको सर्वेक्षणले देखाएको छ । कृषिजन्य सामग्रीको खपतमा गिरावट आएसँगै खाद्य शृङ्खलाको चक्र रोकिएको कृषि ज्ञान केन्द्र प्रमुख पोखरेलले बताए । खाद्य शृङ्खलामा आएको रोकावटले निकट भविष्यमा जिल्लामा खाद्य अभाव हन सक्ने देखिएको छ ।
कोरोना भाइरसको प्रभावको विषयमा गरेको सर्वेक्षणअनसार कृषि पकेट क्षेत्रमा उत्पादित सामग्रीको बजार मूल्य ६० पतिशतले कमी आएको छ । उत्पादनको ्र तलनामा खपत भएको छैन । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको समयमा कृषि उत्पादनमा बढवा दिनका लागि कृषि ज्ञान केन्दले नयाँ योजना बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख पोखरेलले बताए ।
वैदेशिक रोजगारीबाट फर्किने युवाको सीप र दक्षतालाई कृषि पेसामा लगाउन नयाँ कार्यक्रमको प्रस्ताव गरिएको छ । भाइरसका कारण विभिन्न मुलुकबाट जिल्ला भित्रिने युवालाई कृषिमा लगाउनुको विकल्प नरहेको विज्ञको भनाइ छ ।भौगोलिक हिसाबले कृषि पेसाका लागि नुवाकोट उपयुक्त रहेकोले सामूहिक कृषि पेसाको अवधारणलाई ज्ञान केन्द्रले अगाडि बढाएको छ । कृषिमा यान्त्रीकरण र प्रविधियुक्त बनाउँदै निर्यातमुखी उत्पादनमा केन्द्रले जोड दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया