नुवाकोटमा खाद्यसङ्कट हुन सक्ने

विदुर खबर २०७७ जेठ २४ गते १७:११

नुवाकोट । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि भइरहेको लकडाउन (बन्दाबन्दी)ले नुवाकोटमा खाद्य शृङ्खलाको चक्र रोकिएको छ ।

Advertisement

कृषि ज्ञान केन्द्र नुवाकोटले गरेको सर्वेक्षणअनुसार नुवाकोटमा खाद्यसङ्कट हुन सक्ने अनुमान गरेको छ । कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख सुरेन्द्रप्रसाद पोखरेलका अनुसार भाइरसको सङ्क्रमणले उत्पादक र उपभोक्ताबीचको दूरी बढाएको छ ।भाइरसको कारण विश्व लकडाउनमा रहेका कारण उत्पादक किसानमा प्रत्यक्ष असर परेको सर्वेक्षणले देखाएको छ । कृषिजन्य सामग्रीको खपतमा गिरावट आएसँगै खाद्य शृङ्खलाको चक्र रोकिएको कृषि ज्ञान केन्द्र प्रमुख पोखरेलले बताए । खाद्य शृङ्खलामा आएको रोकावटले निकट भविष्यमा जिल्लामा खाद्य अभाव हन सक्ने देखिएको छ ।

 

Advertisement

कोरोना भाइरसको प्रभावको विषयमा गरेको सर्वेक्षणअनसार कृषि पकेट क्षेत्रमा उत्पादित सामग्रीको बजार मूल्य ६० पतिशतले कमी आएको छ । उत्पादनको ्र तलनामा खपत भएको छैन । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको समयमा कृषि उत्पादनमा बढवा दिनका लागि कृषि ज्ञान केन्दले नयाँ योजना बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख पोखरेलले बताए ।

वैदेशिक रोजगारीबाट फर्किने युवाको सीप र दक्षतालाई कृषि पेसामा लगाउन नयाँ कार्यक्रमको प्रस्ताव गरिएको छ । भाइरसका कारण विभिन्न मुलुकबाट जिल्ला भित्रिने युवालाई कृषिमा लगाउनुको विकल्प नरहेको विज्ञको भनाइ छ ।भौगोलिक हिसाबले कृषि पेसाका लागि नुवाकोट उपयुक्त रहेकोले सामूहिक कृषि पेसाको अवधारणलाई ज्ञान केन्द्रले अगाडि बढाएको छ । कृषिमा यान्त्रीकरण र प्रविधियुक्त बनाउँदै निर्यातमुखी उत्पादनमा केन्द्रले जोड दिएको छ ।

Advertisement

प्रतिक्रिया