नुवाकोटका १२ वट्टै स्थानिय तहलाई नुवाकोट-समाज दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री वितरण
नुवाकोट । नुवाकोट-समाज दक्षिण कोरियाद्वारा नुवाकोटका १२ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।
कोरोनाभाइरसको उपचारमा अग्रपंक्तिमा रहेर खट्ने स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकाे नुवाकाेट समाजका बागमती प्रदेशका उपाध्यक्ष यदुकुमार गिरीले बताए । शुक्रबार समाजले विदुरमा आयोजित एक कार्यक्रममा जिल्लास्थित स्थानीय तहका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, खरानीटार अस्पताल, दुप्चेश्वर स्वास्थ्य चौकी, रेडक्रस नुवाकोट लगायतलाई पिपिइ सेट, डिजिटल इन्फ्रारेड थर्मगन, के-९५ मास्क, पन्जा, स्यानीटाईजर लगायतका सामग्री उपलब्ध गराएको हो ।
जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा कोरोनाभाइरस संक्रमितको उपचार र न्यूनीकरणमा अहोरात्र खट्ने व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराईएको समन्वय प्रमुख सन्तमान तामाङले बताए। स्थानीय तहले बनाएको क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको व्यवस्थापनका लागि जनप्रतिनिधिहरु दिनरात खटिरहेको र संक्रमितको संख्या बढ्दै गईरहेको अवस्थामा जनशक्तिको अभाव भएको बताए। जिल्ला विपद व्यवस्थापन समितिले जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा खट्नको लागि निर्देशन दिईसकेको हुनाले जिल्लामा कोरोनाभाइरसको संक्रमण अझ फैलन नदिन र न्यूनिकरण गर्ने अभियानमा लाग्न जिसस प्रमुख तामाङले सबै शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
विपदको समयमा परदेशमा रहेर पनि आफ्नो जन्मथलोमा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बेल्कोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले आभार व्यक्त गर्दै आफु पनि बाचौं अरुलाई पनि बचाऔं भन्ने भावनाले उपलब्ध गराएको स्वास्थ्य सामग्री लक्षित समुदायका व्यक्तिमा पुर्याइने र त्यसको अनुगमन पनि गरिने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया