लकडाउन डायरी : यस्तो छ नुवाकोटकी कराँते खेलाडी अनु अधिकारीको दैनिकी
नुवाकोट । नेपाल मात्र होइन कोरोना भाइरसले सारा विश्वलाई नै असर गरेको छ । नेपाल अहिले लकडाउनमा छ । हामी खेलाडीहरुको काम तालिम गर्ने, खेल्ने हो । तर अहिले लकडाउनले गर्दा घरमै बस्न बाध्य छौं । म ओलम्पिक छनोटको तयारीमा पनि थिएँ । त्यो पनि कोरोनाले अर्को वर्षलाई सरेको छ ।
अहिले मेरो मुख्य फोकस भनेको आफूलाई फिट राख्ने अध्ययनलाई पनि निरन्तर दिने अनि परिवारसँग समय बिताउने गरेर नै बितिरहेको छ । घरभित्र बस्दा पहिलेको जस्तो तालिम त छैन, तर घरमै केही तालिम गरिरहेको छु । म अहिले लकडाउनको समयमा पनि पहिले जस्तै बिहान ५ बजे उठ्छु । त्यसपछि एक कप ग्रीन टी पिउँछु । ५ः३० देखि ६ बजेसम्म मेडिटेसन गर्छु । किन कि पहिले नियमित तालिम प्रशिक्षकसँग गरिन्थ्यो । अहिले त्यो सम्भव नभएकाले ध्यान एकदमै आवश्यक हुन्छ ।
त्यसपछि लाइट ब्रेकफास्ट लिन्छु । साथै खेलाडीको लागि शारीरिक र मानसिक रुपमा फिट राख्नु पर्ने भएकोले घरकै छतमा २ घण्टा शारीरिक कसरत गर्छु । त्यसमा स्ट्रेचिङ, किकिङ, पन्चिङ, मुभमेन्टहरु हुन्छ । म खेलाडी भएकाले पनि पूर्ण रुपमा फिट रहन केन्दि्रत हुन्छु । लकडाउनले त्यसमा असर गर्दैन ।
कोरोनाले गर्दा आउँदो जुलाई-अगष्टमा जापानमा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षपछि सरेको छ । म पनि कराँतेबाट ओलम्पिकको लागि छनोट खेल्ने तयारीमा थिएँ । जुनसुकै खेलाडीको लागि ओलम्पिक खेल्ने ठूलो सपना हुन्छ । म पनि २०२० टोकियो ओलम्पिक अन्तर्गत सोलिडारिटी स्कलरसिपमा परेको छु । सोही अनुरुप नेपाल ओलम्पिक कमिटीले ट्रेनिङ क्याम्प शुरु गरिसकेको थियो, तर कोरोनाले गर्दा ओलम्पिक पछि सर्यो ।
साथै फ्रान्समा हुने भनिएको क्वालिफिकेसन टुर्नामेन्टमा भाग लिने भनिए पनि त्यो पनि अहिले स्थगित भएको छ । जसले गर्दा प्रत्यक्ष रुपमा खेलाडीहरुमा असर परेको छ । जस्तै उमेर हदबन्दी, मानसिक असर, तौल स्थिर राख्ने आदि । त्यसका बाबजुद पनि हामीले आफ्नो गतिलाई बढाउनभन्दा स्थिर कायम गर्न सके केही समय अर्थात लकडाउन खुलेपछि पहिलेकै फर्ममा आउन सक्छौं ।
यदि भोलिको दिनमा म ओलम्पिकमा छनोट हुनु छ भने अहिलेदेखि नै कडा मिहेनत गर्नु जरुरी छ । अहिले लकडाउन छ, पछि गरौंला भनेर बस्यो भने त्यो समय धेरै गाह्रो हुन सक्छ । पछि गर्छु भनेर बस्यो भने आफ्नो खेलको र्फम बिग्रन्छ र शरीरलाई त्यो इन्डुरेन्स र स्टामिना प्राप्त गर्न पनि गाह्रो हुन्छ । त्यसकारण पनि बिहानको समय २ घण्टा मैले घरमै आफैं तालिम गरिरहेको छु ।
तालिम बाहेकको समय म परिवारलाई पनि दिन्छु । यो बेला परिवारलाई समेत धेरै समय दिन पाइरहेको छु ।
बिहान तालिमपछि म ममीलाई किचेनमा सघाउने, परिवारसँग समय बिताउने गर्छु । दिउँसोको समयमा म पढाइमा केन्दि्रत हुन्छु । म एमबीएस सेकेण्ड सेमेस्टरको परीक्षाको तयारीमा थिएँ । कोरोनाले परीक्षा पनि स्थगित भएको छ । यद्यपि खेलका साथै मैले आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेको छु ।
मेरा दुई जना दाजुहरु विदेशमा हुनुहुन्छ । उहाँहरुसँग भिडियो च्याट पनि गर्छु । साँझको समयमा इन्टरनेटमा समाचारहरु हेर्छु । देश विदेशमा कहाँ के भइरहेको छ भनेर जानकारी लिन्छु ।
बेलुका म लाइट खानेकुरा खान्छु । भातचाहिँ खादिनँ, किनकी मैले तौल पनि मेन्टेन गर्नुपर्ने छ ।
त्यसपछि इन्टरनेटमै विश्व वरियताका खेलाडीहरुको फाइट हेर्छु । जसबाट मैले विभिन्न टेक्निकहरु सिक्ने अवसर पाउँछु । अनि प्वाइन्ट क्याच गर्न सकिन्छ र अपोनेन्टको कसरी डिफेन्स गर्ने थाहा हुन्छ । साथै नयाँ-नयाँ नियमहरुको बारेमा पनि अध्ययन गर्छु । खेलका भिडियोहरु हेर्छु । कहिलेकाँही फ्रेस हुन म्युजिक सुन्छ । मुभी हेर्ने पनि गर्छु । बेलुका अबेरसम्म बस्दिनँ । १० बजे सम्म सुतिसक्छु ।
मेरो अहिलेको लकडाउनको दैनिकी यसरी नै बितिरहेको छ । जे होस् आफ्नो लक्ष्य प्रोफेसन भनेको मेरो गेम कराँते नै हो । त्यसलाई घरभित्र बसेर जे जति आफूलाई फिट राख्नु सक्छु, जे जति गर्न सक्छु गरिरहेको छ ।
अहिले कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि प्रभाव देखिसकेको छ । त्यसैलै सरकारले लकडाउन गरेको छ । यस बेला घर बाहिर निस्कन मिल्दैन । खेल सबै बन्द छ । यो बेला हामी सबैले सुरक्षित रहनु जरुरी छ । अरुलाई पनि घरमै बसेर सुरक्षित हुन म आग्रह गर्छ । साथै कोरोनाबाट बच्नका लागि नेपाल सरकार र डब्लुएचओले जारी गरेका निर्देशनहरुको पालना गर्न अनुरोध गर्छु ।
प्रस्तुती : गोविन्दराज नेपाल
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया