नुवाकोटको शिवपुरीमा कोरोनाको लक्षणसँग मिल्दो बिरामी भेटिए, त्रिशुली ल्याउने तयारी

नुवाकोट । नुवाकोटको शिवपुरी गाँउपालीका १ तलाखु स्थीत बिनडाँडामा कोरोनाको लक्षणसंग मिल्दो एकजना बिरामी भेटीएको छ ।
बिनडाँडाका परियार थरका ति व्यक्तिलाई आज स्वास्थ्य जाँचगर्ने क्रममा कोरोनाको लक्षणसंग मिल्दो जुल्दो देखिएपछि त्रिशुली अस्पताल पठाउन लागिएको हो । केहि दिन अघि भारत गएर र्फ्किएका ति व्यक्तिलाई स्वास्थ्यकर्मी सहितको टोलीले आज बिहान चेकजाँच गरेको बताए ।
ज्वरो, रुघाखोकी सहित सवै प्रकारको चेकजाँच गरेपछि कोरोनाको लक्षण भेटीएकाले उनलाई जिल्ला अस्पताल त्रिशुली पठाउने तयारी गरिएको शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । संक्रमीत रहेको आशंका गरिएका ति व्यक्तिलाई त्रिशुली सम्म लैजानको लागि विशेष प्रकारको गाडी मगाईएको छ । अध्यक्ष थापाका अनुसार ति व्यक्तिलाई राख्नको लागि शिवपुरीमा क्वारेन्टाइम रहेको भएपनि त्रिशुली अस्पतालमा विशेष व्यवस्था भएकाले उतै पठाउन लागिएको हो । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका जर्नादन शिलवालले पनि एक व्यत्तिमा शंकास्पद लक्षण देखिएकोले त्रिशुली ल्याउने तयारी भइरहेको जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया