नुवाकोटको शिवपुरीमा कोरोनाको लक्षणसँग मिल्दो बिरामी भेटिए, त्रिशुली ल्याउने तयारी

विदुर खबर २०७६ चैत १७ गते १४:०२

नुवाकोट । नुवाकोटको शिवपुरी गाँउपालीका १ तलाखु स्थीत बिनडाँडामा कोरोनाको लक्षणसंग मिल्दो एकजना बिरामी भेटीएको छ ।

Advertisement

बिनडाँडाका परियार थरका ति व्यक्तिलाई आज स्वास्थ्य जाँचगर्ने क्रममा कोरोनाको लक्षणसंग मिल्दो जुल्दो देखिएपछि त्रिशुली अस्पताल पठाउन लागिएको हो । केहि दिन अघि भारत गएर र्फ्किएका ति व्यक्तिलाई स्वास्थ्यकर्मी सहितको टोलीले आज बिहान चेकजाँच गरेको बताए ।

ज्वरो, रुघाखोकी सहित सवै प्रकारको चेकजाँच गरेपछि कोरोनाको लक्षण भेटीएकाले उनलाई जिल्ला अस्पताल त्रिशुली पठाउने तयारी गरिएको शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । संक्रमीत रहेको आशंका गरिएका ति व्यक्तिलाई त्रिशुली सम्म लैजानको लागि विशेष प्रकारको गाडी मगाईएको छ । अध्यक्ष थापाका अनुसार ति व्यक्तिलाई राख्नको लागि शिवपुरीमा क्वारेन्टाइम रहेको भएपनि त्रिशुली अस्पतालमा विशेष व्यवस्था भएकाले उतै  पठाउन लागिएको हो । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका जर्नादन शिलवालले पनि एक व्यत्तिमा शंकास्पद लक्षण देखिएकोले त्रिशुली ल्याउने तयारी भइरहेको जानकारी दिए ।

Advertisement

प्रतिक्रिया