कोरोना प्रभाव : रसुवाको धुन्चे सुनसान
रसुवा । कोरोना भाइरसको संक्रमणका डरले अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कन छाडेका छन्।
सर्वसाधारण र आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत कम भएपछि त्यसको असर व्यापार व्यवसायमा पर्न थालेको छ।धुुन्चे, टिमुरे स्याफ्रु, बेत्रावती, कालिकास्थाका मुख्य बजारहरूमा मानिस निकै कम मात्रामा देखिन थालेका छन्। यो महिना विदेशी पर्यटकको सिजन भए पनि पर्यटक देखिन छाडेका छन्।
‘पहिले यो समयमा दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक ५० देखि ६० जना आउँथे। होटलमा बस्ने कोठा नभएर अन्त पठाउनुपर्ने हुन्थ्योे। हाल शून्यता छाएको छ।’ होटल व्यवसायी निशान गजुरेलले बताउनुभयो। रसुवा फेन्सी स्टोर्सका सञ्चालक सन्जिव अमात्य भन्नुहुन्छ– ‘फेन्सी पसलमा भ्याइनभ्याइ हुन्थ्यो हाल १५ हजारको फेन्सी आइटम पनि मुस्किल ले बिक्छ।’ सभा–सम्मेलन, भीडभाडलगायतका ठाउँमा नजान सरकारले नै भनेपछि बजारमा चहलपहल निकै कम भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनुहुन्छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया