नुवाकोटका एम्बुलेन्स चालकहरुलाई कोरोना भाइरस सम्बन्धी सचेतना
विदुर । नुवाकोटका एम्बुलेन्स चालकहरुलाई कारोना भाइरस सम्बन्धी जानकारी गराइएको छ ।
शुक्रवार नुवाकोट एम्बुलेन्स चालक संघको आयोजना तथा जिल्ला अस्पताल नुवाकोटको सहआयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला रहेका एम्बुलेन्स चालकहरुलाई सो रोगसम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको नुवाकोट एम्बुलेन्स चालक संघका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिए ।
कार्यक्रममा जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डाक्टर रेमाकुमार राई , डाक्टर दिपेश उप्रेतीले सहभागिलाई कोरोना रोगको लक्षण, सावधानीका उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नुवाकोट जेसिज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्य, जिल्ला त्रिशुली अस्पतालका कर्मचारी र नुवाकोट जिल्लाका एम्बुलेन्स चालकहरु र नेपाली सेनाको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया