नुवाकोटका एम्बुलेन्स चालकहरुलाई कोरोना भाइरस सम्बन्धी सचेतना

विदुर खबर २०७६ फागुन २३ गते १७:२७

विदुर । नुवाकोटका एम्बुलेन्स चालकहरुलाई कारोना भाइरस सम्बन्धी जानकारी गराइएको छ ।

Advertisement

शुक्रवार नुवाकोट एम्बुलेन्स चालक संघको आयोजना तथा जिल्ला अस्पताल नुवाकोटको सहआयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला रहेका एम्बुलेन्स चालकहरुलाई सो रोगसम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको नुवाकोट एम्बुलेन्स चालक संघका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिए ।

कार्यक्रममा जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डाक्टर रेमाकुमार राई , डाक्टर दिपेश उप्रेतीले सहभागिलाई कोरोना रोगको लक्षण, सावधानीका उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

Advertisement

कार्यक्रममा नुवाकोट जेसिज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्य, जिल्ला त्रिशुली अस्पतालका कर्मचारी र नुवाकोट जिल्लाका एम्बुलेन्स चालकहरु र नेपाली सेनाको  सहभागिता रहेको थियो ।

प्रतिक्रिया