लागुऔषध सहित नुवाकोटको कोलननीबाट एकजना पक्राउ
विदुर खबर
२०७६ फागुन १५ गते १९:३६
त्रिशुली । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोलनीबाट लागुऔषध सहित बुधबार एकजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर ९ डिबजारका ३३ वर्षिय रबिनजंग गौतम रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको । गौतमलाई लागुऔषध ओसार पसार गरी बेचबिखन गर्ने गरेको र घरमानै ठुलो परिमाणमा लागु औषध लुकाई छिपाई राखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटीएको प्रहरी टोलीले उनको शरिर तथा घरको खानतलासी गर्ने क्रममा एम्पुल नामक लागुऔषध भेटिएको बताइएको छ । उनलाई बिहिबार जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया