छैठौ नुवाकोट महोत्सव आजबाट शुरु हुँदै : पुर्व रााष्ट्रपति यादवले उद्घाटन गर्ने
नुवाकोट । छैठौ नुवाकोट महोत्सव आजबाट शुरु हुँदै छ । महोत्सवको पुर्व रााष्ट्रपति डा. रामवरण यादवले दिउँसो उद्घाटन गर्दैछन ।
भ्रमणवर्षलाई लक्षित गर्दे गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरुभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले बताए । महोत्सवको लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको अध्यक्ष कार्कीले बताए । महोत्सवको लागि स्टल र स्टेज निर्माण, खेलकुदका सामाग्रि जडान एंव सञ्चालन लगायतका कामहरु सम्पन्न भइसकेको आयोजकले दाबी गरेको छ । महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गर्न लागिएको बताईएको छ ।
महोत्सवमा करिव एक करोडको कारोवार गर्ने लक्ष्य राखिएको उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन श्रेष्ठले बताए । त्यस्तै महोत्सवले जिल्लाको पर्यटन, कृषि,व्यापार व्यवसायको प्रर्वद्धनमा सघाउ पुराउने नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए ।
माघ २६ गतेसम्म संचालन हुने महोत्सवमा स्थानिय कलाकारका साथै रााष्ट्रिय कलाकारको पनि बेजोड सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया