छैठौ नुवाकोट महोत्सव आजबाट शुरु हुँदै : पुर्व रााष्ट्रपति यादवले उद्घाटन गर्ने

विदुर खबर २०७६ माघ १६ गते ८:३५

नुवाकोट । छैठौ नुवाकोट महोत्सव आजबाट शुरु हुँदै छ । महोत्सवको पुर्व रााष्ट्रपति डा. रामवरण यादवले दिउँसो उद्घाटन गर्दैछन ।

Advertisement

भ्रमणवर्षलाई लक्षित गर्दे गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरुभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले बताए ।  महोत्सवको लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको अध्यक्ष कार्कीले बताए । महोत्सवको लागि स्टल र स्टेज निर्माण, खेलकुदका सामाग्रि जडान एंव सञ्चालन लगायतका कामहरु सम्पन्न भइसकेको आयोजकले दाबी गरेको छ । महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गर्न लागिएको बताईएको छ ।

महोत्सवमा करिव एक करोडको कारोवार गर्ने लक्ष्य राखिएको उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन श्रेष्ठले बताए । त्यस्तै महोत्सवले जिल्लाको पर्यटन, कृषि,व्यापार व्यवसायको प्रर्वद्धनमा सघाउ पुराउने नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए ।

Advertisement

माघ २६ गतेसम्म संचालन हुने महोत्सवमा स्थानिय कलाकारका साथै रााष्ट्रिय कलाकारको पनि बेजोड सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया