प्रदेश राजधानी र नामाकरणमा सहमति जुटाउने प्रयास
हेटौंडा । प्रदेशको राजधानी र नामाकरणका बारेमा पार्टीले गरेको निर्णयमा साझा धारणा बनाउन नेकपा प्रदेश ३ को संसदीय दलको बैठक शुक्रबार बसेको छ ।
नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेपछि सत्तारुढ दलभित्र कै प्रदेशसभा सदस्यहरुबीच मतभेद उत्पन्न भएको छ । प्रदेश सभामा नेकपाको बहुमत रहेपनि सत्तारुढ दलभित्रै मतभेद रहँदा लामो समयदेखि प्रदेशको राजधानी र नामको टुङ्गो लगाउन सकेको थिएन ।
पार्टीको निर्णयलाई कार्यान्वयन गर्न संसदीय दलभित्रका सांसदहरुबीच साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित भएको नेकपा ३ नम्बर प्रदेशसभाका मुख्य सचेतक रामेश्वर फुयाँलले बताए । पुस २१ गते हुने प्रदेशसभाको बैठक अघि प्रदेश राजधानी र नामाकरणमा साझा धारणा निर्माण गर्न नेकपा संसदीय दल अग्रसर भएको हो ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व रहेको बताएका थिए । मुख्यमन्त्री पौडेलले पार्टी नेतृत्वले सुझबुझका साथ गरेको निर्णयलाई प्रदेशका सदस्यहरुले एकमतका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।
संसदीय दलमै सबै विषयमा छलफल गरेर साझा धारणा बनाएर जाँदा प्रदेशसभामा अलमल नहुने उनको भनाइ थियो ।
बैठकमा २४ जना सांसदले आफ्ना बिचार राख्न नाम टिपाएका छन् । बैठक भोली शनिबार पुनः बस्ने गरी स्थगित भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट महोत्सव आजदेखि शुरु हुँदै
तारुकाले सुरु गरेको सांस्कृतिक स्वच्छताको अभ्यास
सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो





प्रतिक्रिया