रसुवालीको रोजगारीको केन्द्रबिन्दु बन्दै केरुङ

विदुर खबर २०७६ मंसिर २६ गते ७:५९

रसुवा । चिनको केरुङ रसुवावासीको लागि रोजगारीको केन्द्र बन्दै गएको छ ।

Advertisement

भुकम्पपछि चिनसँगको एकमात्र खुल्ला नाका केरुङ रहेकोले सो क्षेत्रमा सबैको आर्कषण बढेको हो ।  भाइती नेपाल रसुवाका अनुसार केरुङमा रोगजारीका लागि मात्रै तीनसयभन्दा बढी किशोरीहरु गएका छन । सिमा क्षेत्र नजिक भएपछि खर्च कम लाग्ने, राजधानी नचाहिने र आम्दानी पनि बढी हुने भएपछि केरुङतर्फ महिलाहरु आर्किषित भएका हुन ।

रसुवाको राम्चे, यार्सा, समरथली, भोर्ले, हाकु, थुमन र डाडागायँ लगायतका स्थानका किशोरी बढी मात्रामा केरुङ पुग्ने गरेका छन ।केरुङमा नेपाली महिलाहरुले विशेष गरि होटल, रेष्टुरेन्ट र डान्सबारमा काम गर्ने गरिरहेका छन । त्यसबापत उनीहरुले मासिक १५ देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको केरुङ पुगेका महिलाहरु बताउँछन ।

Advertisement

प्रतिक्रिया