संगीताले नेपाललाई कुस्तीमा दिलाइन ऐतिहासिक स्वर्ण
विदुर खबर
२०७६ मंसिर २१ गते १७:०९
जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।
जनकपुरमा शनिबार ५५ केजीमा बंगलादेशका खेलाडीलाई हराएर संगीताले स्वर्ण जितेकी हुन् ।संगीताले सार्केर रिमिलाई ४-१ ले हराईन् । कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण हो । योसँगै सागमा नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।
महिला ५० केजीमा नेपालकी मनिषा सिंहले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो ।महिला ५३ केजीमा नेपालकी सिवांगी डुबेले रजत जितिन् । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो । पुरुष ५७ केजीमा नेपालका नरेश प्रसाद यादवले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो । पुरुष ६५ केजीमा नेपालका सरोज यादवले कास्य जिते । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ
नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम





प्रतिक्रिया