संगीताले नेपाललाई कुस्तीमा दिलाइन ऐतिहासिक स्वर्ण

विदुर खबर २०७६ मंसिर २१ गते १७:०९

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।

Advertisement

जनकपुरमा शनिबार ५५ केजीमा बंगलादेशका खेलाडीलाई हराएर संगीताले स्वर्ण जितेकी हुन् ।संगीताले सार्केर रिमिलाई ४-१ ले हराईन्  । कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण हो । योसँगै सागमा नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।

महिला ५० केजीमा नेपालकी मनिषा सिंहले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो ।महिला ५३ केजीमा नेपालकी सिवांगी डुबेले रजत जितिन् । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो । पुरुष ५७ केजीमा नेपालका नरेश प्रसाद यादवले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो । पुरुष ६५ केजीमा नेपालका सरोज यादवले कास्य जिते । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।

Advertisement

 

प्रतिक्रिया