रसुवाका प्रमुख जिल्ला अधिकारीको ए प्लस ग्रेड ल्याउन सफल
विदुर खबर
२०७६ कार्तिक १६ गते २०:४९
रसुवा । रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले ए प्लस ग्रेड ल्याउन सफल भएका छन् ।
७७ जिल्लामध्ये पाँचवटा जिल्लाका सिडियोले ए प्लस ल्याएका थिए । माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर गृह मन्त्रालयले सिडिओहरूको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको थियो ।
जसमा रसुवाका तत्कालीन प्रजिअ कृष्ण पौडेल र हाल कार्यरत प्रजिअ अर्जुन भण्डारीले ए प्लस ल्याएका हुन् । रसुवाका प्रजिअले ९०. ६९ प्रतिशत अंक ल्याएका छन् । कार्यालयको नियमित काम बाहेक अन्य कामहरू गरिएको कारण उत्कृष्ट ५ मा पर्न सफल भएका हुन् ।पछिल्लो समय जिल्ला प्रशासन कार्यालय रसुवाले नियमित काम बाहेक अन्य कामलाई समेत अघि बढाउँदै गएको छ । प्रशासनलाई सुधार गर्नुका साथै अन्य निकायसँग समन्वय बढाएको छ । यसबाट सिडिओहरूबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया