नेपाल र कुवेतबीचकाे खेल फ्लड लाइटमा हुने, अनलाइनबाट टिकट काट्ने व्यवस्था
काठमाण्डाै । विश्वकप छनोट प्रतियोगिताका लागि अहिले दशरथ रंगशालाको फिनिसिङ भइरहेको छ । पहिलो होम म्याच सफल बनाउनका लागि कामदारसँगै सम्बन्धित पदाधिकारी पनि दिनरात खटिरहेका छन् ।
खेल मंसिर ३ गते ५ः४५ बजे फ्लड लाइटमा सञ्चालन हुनेछ । दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मैदान बनाउने कार्य जोडतोडका साथ चलिरहेको छ ।
खेलप्रेमीले साढे ५ वर्षपछि पहिलो पटक होम म्याच हेर्नका लागि टिकट अनलाइनमार्फत बुकिङ गर्न सक्नेछन् । ‘टिकटको मूल्य र अनलाइन पार्टनरको घोषणा हामी दुई–तीन दिनभित्रमा गर्नेछौँ’, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।
अहिले मैदानमा दुबो गोडमेल गर्ने काम भइरहेको छ । त्यससँगै दर्शक बस्ने प्यारापिटमा सिट राख्ने काम पनि भइरहेको छ । अखिल नेपाल फुटबल संघले भीआईपी प्यारापिट तलको कोठामा सचिवालय समेत सारिसकेको छ । र पदाधिकारी निरन्तर निरीक्षणमा छन् । रंगशालामा फ्लड लाइट, स्कोरबोर्ड, सेन्थेटिक ट्र्याकका काम सकिएका छन् भने चेञ्जिङ र रुमका शौचालयको फिनिसिङ् मात्र बाँकी छ ।
दुई हप्ताभित्र यी कामहरु सकाउनु पर्नेछ । एन्फाले यो खेललाई नेपाली फुटबलको कोशेढुंगाका रुपमा लिएको छ । एन्फा अध्यक्ष शेर्पा भन्छन्,‘नेपाली दर्शकले स्तरीय रंगशालामा फुटबल हेर्न नपाएको धेरै भइसक्यो । यो म्याचका लागि सबै नेपाली फुटबलप्रेमीहरु उत्साहित छन् ।’ ‘मिडिया, सामाजिक सञ्जालहरुमा पनि प्रतिक्रिया देख्दा यो खेलले नेपाली फुटबलको विकासमा नयाँ उचाइ थप्नेछ’, अध्यक्ष शेर्पाले थपे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया