नुवाकोटमा एकैदिन एकसय ३९ सवारीसाधन कारवाहीमा, ९५ हजार राजश्व संकलन
नुवाकोट । नुवाकोटमा आइतबारै एकैदिन एकसय ३९ सवारीसाधन कारवाहीमा परेका छन ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा एकैदिन ठुलो संख्यामा सवारीसाधन कारवाहीमा परेका हुन ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोट प्रमुख विकल भट्टराईका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३९ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा पर्नेहरुमा मोटरसाईकल, आएचर, वस, ट्रक लगायतका सवारीसाधन रहेका छन । कारवाही गरिएकमा एकसय ३९ सवारीसाधनबाट ९५ हजार राजस्व संकलन भएको उनले बताए ।
यस्तै यात्रुसँग बढी भाडा असुल्ने ३ सवारीसाधनलाई भाडा फिर्ता गर्न लगाइएको छ । उनीहरुलाई यातायात विभागको दफा अनुसार कारवाही गर्न सिफारिस गरिएको प्रमुख भट्टराईले बताए । दशैँ मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि नुवाकोट प्रहरीले जिल्लाको विभिन्न् सडकमा गुड्ने सवारीसाधनलाई चेकजाँचमा कडाइ गरेको छ ।
यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले शनिबार एकसय ७ सवारीसाधनलाई कारवाही गरि ७२ हजारभन्दा बढी राजश्व संकलन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया