नुवाकोटमा एकैदिन एकसय ३९ सवारीसाधन कारवाहीमा, ९५ हजार राजश्व संकलन

विदुर खबर २०७६ असोज २६ गते १६:४८

नुवाकोट । नुवाकोटमा आइतबारै एकैदिन एकसय ३९ सवारीसाधन कारवाहीमा परेका छन ।

Advertisement

जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा एकैदिन ठुलो संख्यामा सवारीसाधन कारवाहीमा परेका हुन ।

जिल्ला ट्रफिक प्रहरी कार्यालय नुवाकोट प्रमुख विकल भट्टराईका अनुसार ट्राफिक नियम उल्लङ्‍घन गर्ने एक सय ३९ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा पर्नेहरुमा मोटरसाईकल, आएचर, वस, ट्रक लगायतका सवारीसाधन रहेका छन । कारवाही गरिएकमा एकसय ३९ सवारीसाधनबाट ९५ हजार राजस्व संकलन भएको उनले बताए ।

Advertisement

यस्तै यात्रुसँग बढी भाडा असुल्ने ३ सवारीसाधनलाई भाडा फिर्ता गर्न लगाइएको छ । उनीहरुलाई यातायात विभागको दफा अनुसार कारवाही गर्न सिफारिस गरिएको प्रमुख भट्टराईले बताए । दशैँ मनाएर राजधानी काठमाडौंतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि नुवाकोट प्रहरीले जिल्लाको विभिन्न् सडकमा गुड्ने सवारीसाधनलाई चेकजाँचमा कडाइ गरेको छ ।

यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले शनिबार एकसय ७ सवारीसाधनलाई कारवाही गरि ७२ हजारभन्दा बढी राजश्व संकलन गरेको थियो ।

Advertisement

प्रतिक्रिया