लिखुमा आयोजित जिल्लास्तरीय फुटवल प्रतियोगिताको उपाधि कोलनीको थ्रीडि क्लबलाई
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा आयोजित जिल्लास्रतरीय फुटवल प्रतियोगिताको उपाधि विदुर नगरपालिकाको थ्रिडि क्लबले हात पारेको छ ।
शुक्रबार साँझ सम्पन्न फाईनल खेलमा ढिकुरे युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दे कोलनीको थ्रीडि क्लबले उपाधिमाथि कब्जा जमाएको हो । थ्रिडीको लागि पहिलो हाफमा भएको २ गोल नै जितको लागि पर्याप्त भएको हो ।
पहिलो हाफमा निकै उत्कृष्ट फुटवल खेलको थ्रिडीले पाएको अरु मौकाका सदुपयोग गर्न नसक्दा खेल २–० गौलमै सिमिति भएको हो । प्रतियोगिताको उपाधि उचालेको थ्रिडी क्लबले एककिलो चाँदीको वल,मेडल, प्रमाणपत्र र नगद १० हजार रुपैयाँ हात पारेको छन भने दोस्रो भएको भएको ढिकुरे युवा क्लबले आधा किलो चाँदीको वल,मेडल, प्रमाणपत्र र नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता चौघडाका सन्तोष थापा घोषित भए भने उत्कृष्ट खेलाडी कोलनीका विकास थापा, उत्कृष्ट गोलरक्षक पनि थ्रिडीकै आदेश घले घोषित भए ।
थ्रीडि चौघडालाई र ढिकुरे तादी गाउँपालिकाको टिमलाई समान एक शुन्य गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए । यसअघि आयोजक सुभविहानी युवा क्लबको बि टिम सेमिफाईनलमा प्रवेश गरेपनि नियमविपरित अन्य क्लबको खेलाडी मैदानमाने उतारेको भन्दै अन्य क्लबले विरोध जनाएपछि छानविन गर्दा दोषी पाइएपछि आयोजकले शुभविहानीको बि टिमलाई कारवाही गरि चौघडालाई सेमिफाईनल खेलाएको थियो ।
१५ क्लबले सहभागिता जनाएको प्रतियोगिताले जिल्लामा खेल प्रर्वद्धन र खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको प्रतियोगिताका संयोजक शैलेश श्रेष्ठले बताए । उनले आगामी दिनमा विभिन्न क्लबको सहकार्यमा जिल्लामा नै उत्कृष्ट प्रतियोगिताको आयोजना बताए । प्रतियोगिता यहि ११ गतेबाट संचालन भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी
काठमाडौंको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ
छोराको कुटपिटबाट बुवाको मृ*त्यु
‘यो देशमा सरकार छैन’





प्रतिक्रिया