किस्पाङको फिकुरीलाई ट्रेकिङको हव बनाउने तयारी

विदुर खबर २०७६ भदौ ६ गते ७:३२

नुवाकोट, किस्पाङ गाउँपालिकाको वडा नम्बर २ मा रहेको फिकुरीलाई ट्रेकिङ हब बनाउने तयारी शुरु भएको छ ।

Advertisement

किस्पाङ गाउँपालिका, नेपाल पर्यटन बोर्ड, जिल्लाका सांसद, पर्यटन व्यवसायीहरु फिकुरीलाई ट्रेकिङको हब बनाउन लागिपरेका हुन । जिल्लाको ऐतिहासिक,भौगोलिक,आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले सम्पन्न किस्पाङ गाउँपालिकाको विकासमा समेत टेवा पुग्ने भएकोले अभियान शुरु गर्न लागिएको हो । किस्पाङलाई ट्रेकिङको गन्तव्य बनाउँन भन्दै शुक्रबार काठमाण्डौको एक होटलमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितवहादुर लामाले किस्पाङको फिकुरी पर्यटनको संभावना बोकेको ठाउँभए पनि प्रचारप्रसारको कारण ओझेलमा परेको बताए । सांसद लामाले किस्पाङलार्ई ट्रेकिङ हब बनाउन आफुले सक्दो सहयोग गर्ने बताए । त्यस्तै पर्यटन बोर्डका सदस्य दिपक महतले राजधानीसँग नजिक भएपनि फिकुरीलाई प्रचारप्रसार गर्नु नसक्नु दुखद भएको बताए । उनले गाउँपालिका,जिल्लाका सांसद लगायत सबै सरोकारवाला निकायहरुको संयुत्त पहल भएमा पर्यटनबाटै गाउँपालिकाको आर्थिक पाटो वलियो हुने बताए ।

त्यस्तै किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले फिकुरीलाई ट्रेकिङ हब बनाउन आफुहरु लागिपरेको भन्दै ठाउँठाउँमा होम स्टे बनाउन पहल गरिएको बताए । उनले फिकुरीलाई प्रर्वदन गर्न गाउँपालिकाले निति तथा कार्यक्रममार्फत विभिन्न योजनाहरु बनाएको भन्दै सबैको साथ पाए फिकुरी पर्यटन क्षेत्रको हव बन्ने बताए । त्यस्तै पर्यटन व्यवसायी उर्जा तामाङ र रमेश अधिकारीले नुवाकोटको फिकुरी ट्रेकिङको लागि उपयुत्त रहेको बताए । उनीहरुले फिकुरीलाई पर्यटकीय गन्तव्य बनाएमा सबैले फाईदा लिन सक्ने बताए ।

Advertisement

कार्यक्रममा टानका उपाध्यक्ष खुमवहादुर सुवेदी, रूभी भ्याली धादिङका महासचिव कुलवहादुर गुरूङ , रसुवा नुवाकोट पर्यटन व्यवसायी संघका उपाध्यक्ष अम्बिर गुरूङ टानका सदस्य ऋतु ग्याम्दान, समाजसेबि भोजराज भट्ट , पर्यटन व्यावसायिहरु उर्जा तामाङ ,शिव प्रसाद लामिछाने,रमेश अधिकारी,अर्जुन अधिकारी,राजन न्यौपाने, राजु भट्ट , बद्री पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया