नुवाकोटमा फोटो प्रदर्शनी तथा फोटो प्रतियोगिता शुरु

विदुर खबर २०७६ भदौ ३ गते ६:०३

नुवाकोट, विश्व फोटोग्राफी दिवसको अवसर पारेर नुवाकोटमा फोटो प्रदर्शनी तथा फोटो प्रतियोगिता शुरु भएको छ । भारत सरकारको सहयोगमा सञ्चालित सामाजिक प्राविधिक सहजीकरण परियोजनाको आयोजनामा भूकम्प पश्चातको नुवाकोटको जनजीवन झल्काउने र नुवाकोटको पुनर्निर्माण अवस्थालाई फोटोको माध्यमवाट प्रस्तुत गर्ने उदेश्यले नुवाकोटमा “लाईफ अफ नुवाकोट” नामक फोटो प्रतियोगीता तथा प्रर्दशनी आयोजना गरिएको हो ।

Advertisement

प्रतियोगिता तथा प्रदर्शनीमा नुवाकोटको जनजीवन विधाका उत्कृष्ट ३ र पुनर्निर्माण विधाका उत्कृष्ठ ३ गरी ६ जना फोटोग्राफरलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरिएको थियो । जसमा नुवाकोटको जनजीवन विधातर्फ सुरज श्रेष्ठले पहिलो स्थान हात पारे भने विक्रम तिमल्सिना दोस्रो भए । यस्तै पुनर्निर्माण विधातर्फ सुवास श्रेष्ठले पहिलो र दोस्रो पुरस्कार प्राप्त पारे । यस्तै नुवाकोटको जनजीवन विद्यामा तेस्रो पनि भए उनी ।

पुनर्निर्माण विधातर्फ विक्रम तिमल्सिना तेस्रो भए । दुई विधामा वितरण गरिएको ६ वटा उत्कृष्ट फोटोमध्य सुवास श्रेष्ठको ३ वटा फोटोहरु उत्कृष्ट ठहरिए भने विक्रम तिमल्सिनाको २ वटा फोटो उत्कृष्ट भएको थियो । प्रदर्शनीमा लाईफ अफ नुवाकोट र पुननिर्माण गरी दुई विद्यामा ४९० तस्वीरहरु प्राप्त भएको थियो । जसमध्य उत्कृष्ट ७६ तस्वीहरु प्रर्दशनीमा राखिएको छ ।

Advertisement

३ जना स्वदेशी र १ जना विदेशी फोटोग्राफर निर्णायक मण्डलमा रहेका थिए । नुवाकोटमै पहिलो पटक फोटो प्रतियोगिता आयोजना गरी नुवाकोटको जनजीवन र पुनर्निर्माण झल्काउने प्रदर्शनीको उदेश्य रहेको थियो । यस्तै नुवाकोटको पर्यटन विकासमा टेवा पुर्याउने लक्ष्याका साथ यो प्रतियोगीता गरिएको प्रर्दशनीका संयोजन गरिरहेका किरण श्रेष्ठले जानकारी दिए ।

सोमबारदेखि शुरु भएको प्रदर्शनीको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमख सन्तमान तामाङ्गले गरेका थिए । प्रदर्शनी २, ३ र ८ गते चल्नेछ । सोमबार मात्र करिब ३ सय जनाले फोटो प्रदर्शनी अवलोकन गरेका थिए ।

Advertisement

प्रतिक्रिया