चौतारी मलेसियाको आयोजनामा तिज बिशेष कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ भदौ २ गते ७:१६

मलेसिया, साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको आयोजनामा हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा मलेसियाको जोहोर राज्य अन्तरगत बागुस सिटि होटेलमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

Advertisement

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षता,साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष तथा मलेसिया शाखा सल्लाहकार सन्दीप संग्रौला ’दिलदुखी’को प्रमुख आथित्यता तथा गैर आबसिय नेपाली संघ जोहोर राज्य समितिका सचिब अर्जुन सिहं अनुरागिको बिशिस्ट आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यिक चौतारी नेपालको चौतारी गितबाट सुरु भएको कार्यक्रममा मलेसियाका विभिन्न राज्य बाट करिब डेढ दर्जन कलाकार तथा साहित्यकारहरुले दर्शकहरुको बिचमा साहित्यिक तथा सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोष मलेसियाकी संयोजक गंगा चाम्लिङ,प्रवासी एकता मञ्च जोहोरका कार्यदल सदस्य सिताराम बस्नेत,श्रमिक अगुवा रमेश मल्ल,गैर आबसिय नेपाली संघ जोहोर राज्य समितिका सचिब अर्जुन सिहं अनुरागि लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण साहित्यिक चौतारी नेपाल मलेसिया शाखा उपाध्यक्ष दलबहादुर लामाले गरेका थिए ।

Advertisement

प्रतिक्रिया