व्यवस्थापन समितिले निर्णय गरे नयाँ शिक्षक पठाउँदैनौ : मेयर पण्डित
नुवाकोट, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पृथ्वी माविको व्यवस्थापन समितिले दरबन्दी अनुसारको शिक्षक नचाहिने निर्णय गरेमा नगरपालिकाले नयाँ शिक्षक ल्याउने गरेको निर्णयबाट आफुहरु पछि हट्ने बताएका छन ।
आईतबार विदुर नगरपालिकाको कार्यालय पुगेका अभिभावहरुलाई सम्बोधन गर्दे मेयर पण्डितले विद्यालयले शिक्षक दरबन्दी मागेकोले आफुहरुले माध्यामिक दरबन्दीको शिक्षक पठाएको बताए । मेयर पण्डितले आफुहरुको एकमात्र स्वार्थ भनेको जिल्लाकै उत्कृष्ट रहेको विद्यालयलाई अझै सफलताको शिखरमा पुराउने चाहाना रहेको बताए । त्यस्तै उपमेयर गिता दाहालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाले विद्यालयमा दक्ष र अनुभवि शिक्षक पठाउँदा विरोध गर्न नहुने बताइन । उनले विद्यालयमा दरबन्दी अनुसारको मावि शिक्षक आएमा वर्तमान प्रध्यानाअध्यापकको पद जाने भएकोले विद्यार्थी र अभिभावकलाई बिचमा ल्याइएको आरोप लगाइन ।
त्यस्र्तै अभिभावकहरुले विद्यालय जिल्लाकै सबैभन्दा उत्कृष्ट रहेको भन्दे त्यहाँको आवश्यकता हेरेर दरबन्दी कायम गर्नुपर्ने बताए । उनीहरुले विद्यालयको वर्तमान नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर कायम गरेको भन्र्दै हेरफेर नगर्न आग्रह गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया