नुवाकोटको प्रहरी र प्रशासनको खोलामा नौटङ्की अनुगमन

विदुर खबर २०७६ साउन ३२ गते २०:५१

Advertisement

नुवाकोट, नुवाकोटको प्रहरी, प्रशासनले शुक्रबार जिल्लाको विभिन्न स्थानमा अनुगमन गरेको नाटक देखाएको छ ।

जिल्लामा असार महिनायता व्यापक रुपमा जिल्लाको विभिन्न नदिहरुमा व्यापक नदि दोहन भएपनि वास्ता नगरेको र अनुगमनमा सक्रिय नभएको जिल्ला समन्वय समिति, प्रहरी,प्रशासन र वनको टोलीले शुक्रबार अनुगमनमा गएर नाटक देखाएको हो । जिल्लाको तादी त्रिशुली, सलाखु फलाखु लगायत विभिन्न नदिहरुमा अवैध दोहन बढेको गुनासो आएपनि कानमा तेल हालेर बसेका सरोकारवाला निकायहरु काठमाण्डौ जाने मौका छोपेर अनुगमनमा निस्किएका हुन । उनीहरुको अनुगमन दोहन रोक्ने नभइ फोटो सेसनमा मात्र केन्द्रित भएको अनुगमनमा गएका एक कर्मचारीले बताए ।

Advertisement

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रिमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले लगायतको टोली सहभागि भएका थिए । अनुगमनको क्रममा नदि किनारामा राखिएका स्काभेटरहरुमा ताला लगाईएको थियो । प्रहरी र प्रशासनको नाटक मञ्चनको अहिले सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ ।

प्रतिक्रिया