विदुर नगरपालिकाको कारण पृथ्वी मावि अस्तव्यस्त

विदुर खबर २०७६ साउन ३२ गते १९:३६

नुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी माध्यामिक विद्यालय विदुर नगरपालिकाको कारण एक सातायता अस्तव्यस्त बन्न पुगेको छ ।

Advertisement

नगरपालिकाको शिक्षा शाखाले विद्यालयका केही शिक्षकहरुलाई हेरफेर गर्ने निर्णय गरेसँगै जिल्लाकै उत्कृष्ट विद्यालय अस्तव्यस्त बन्न पुगको हो । नगरपालिकाको शिक्षा शाखाले विद्यालयमा नेकपा निकटका कुनैपनि शिक्षक नरहेको भन्दै भैरुम माविका तारा श्रेष्ठलाई अंग्रेजी विषयको विषयगत शिक्षक बनाएर विद्यालयको प्रध्यानाअध्यापक बनाउने तयारी गरेसँगै पृथ्वी मावि अस्तव्यस्त बन्न पुगेको हो । विद्यालयका वर्तमान प्रध्यानाअध्यापक बावुराम लामिछानेलाई हटाउने र विद्यालयको नेतृत्व आफु निकटका शिक्षकलाई दिने नगरपालिकाको तयारी छ ।

विद्यालयमा अहिले पढाइरहेका अंग्रेजी शिक्षक वसन्तराज भट्ट निकै राम्रो भएपनि विद्यालयमा भैरुम माविका तारा श्रेष्ठलाई ल्याएर नगरपालिकाले विद्यालयमा राजनिति गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । नगरपालिकाले गत बुधबार विद्यालयका अंग्रेजी विषयका विषयगत शिक्षकलाई हेरफेर गर्ने निर्णय गरेको थियो । विद्यालय व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विद्यालयमा अहिले भइरहेको संरचनालाई कुनैपनि हालतमा नचलाउन आग्रग गरिएको अध्यक्ष श्रेष्ठले बताए । तर विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाई भने आफुहरुले विद्यालयमा राजनिति नगरेको र मावि दरबन्दी नभएको अवस्थामा दरबन्दी मात्र पठाएको बताए । उनले शिक्षकहरु कुनैपनि राजनितिक दलका कार्यकर्ता नहुने भन्दै आफुहरले दलका कार्यकर्ता नभई विद्यालयमा शिक्षक पठाएको बताए ।

Advertisement

विद्यालयको शिक्षक हेरफेर गर्ने भन्ने निर्णय भएको सुनेको तर कुनैपनि आधिकारीक जानकारी नआएको विद्यालयका प्रध्यानाअध्यापक बावुराम लामिछानेले बताए । विद्यालयमा अहिले प्राइमरी तहका छ जना शिक्षकले निमावि पढाइरहेका छन । नगरपालिकाले शिक्षक हेरफेर गर्ने निर्णय गरेको सुन्नमा जानकारी आएको छ तर मलाई औपचारिक पत्र आएको छैन विद्यालयका प्रअ लामिछानेले बताए । विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाई अहिले काठमाण्डौ रहेकोले आईतबार नुवाकोट आउने र विद्यालयलाई नगरपालिकाको निर्णय बुझाउने तयारी भएको नगरपालिका एक कर्मचारीले बताए । तर नगरपालिकाको नियत विद्यालयको शैक्षिक गुणस्तरमा धक्का दिएर निजि विद्यालयबाट मोटो कमिसन खाई विद्यार्थी निजिमा फर्काउने प्रयास भएको भन्दै अभिभावक नगरपालिकासँग रुष्ट भएका छन । अभिभावकहरुले नगरपालिकाको यस्तो अपरिपक्क निर्णयले बालबालिकाको भविष्यमाथि खेलवाड हुने बताएका छ ।

प्रतिक्रिया