पत्रकार लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

विदुर खबर २०७६ साउन ३१ गते १८:२०

Advertisement

नुवाकोट, जिल्ला अदालत, चितवनले ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलासले म्याद थप गरेको प्रहरीको भनाइ छ । पत्रकार रवि लामिछानेका समर्थकहरुले अदालतमा उपस्थित गराउनुअघि प्रदर्शन गरेका थिए । लामिछानेको यथाशिघ्र रिहाईका माग गर्दै प्रदर्शन गरेका थिए । समर्थकहरुले नाराबाजी गरिरहेको समयमा प्रहरीले पत्रकार रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

Advertisement

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने र संचारकर्मी युवराज कंडेललाई प्रहरीले चितवन जिल्ला अदालत पु¥याएको थियो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि छोडेको भिडिओमा उनीहरूको नाम लिँदै केही आरोपहरू लगाएका थिए । चितवनको कंगारु होटलमा पत्रकार पुडाशैनीले साउन २० गते आत्महत्या गरेका थिए ।

प्रतिक्रिया