किस्पाङको शान्तिबजारमा करेन्ट लागेर गम्भीर घाइते

विदुर खबर २०७६ साउन ३० गते १३:१८

नुवाकोट, नुवाकोटको किस्पाङ गाउँपालिकामा वडा नम्बर ५ शान्तिबजारमा करेन्ट लागेर एकजना गम्भीर घाईते भएका छन ।
घाईते हुनेमा रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुली थ्रि.बि.जलविद्युत आयोजनाको लागि हिम्दुङ एण्ड थोकर कन्ट्रक्सनको प्रालिको क्रसर उधोगमा बालुवा लोड गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ ।

Advertisement

करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागि त्रिशुलि अस्पताल नुवाकोट ल्याइएको जिल्ला प्रहर िकार्यालय नुवाकोटले जनाएको छ । घटनापछि टिपर र चालकलाई प्रहरी चौकि मैलुङको नियन्त्रणमा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया